spot_img

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता छिट्टै पशुपतिनाथ दर्शनका लागि नेपाल आउने

spot_img
spot_img

काठमाडौं,१९ साउन । भारतको राजधानी दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले छिट्टै भगवान् पशुपतिनाथको दर्शन तथा पूजा–आराधनाका लागि नेपाल आउने बताएकी छन्।

पाल्पा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सन्दीप रानाको नेतृत्वमा गएको नेपाली टोलीसँगको भेटमा मुख्यमन्त्री गुप्ताले पशुपतिनाथप्रति आफ्नो आस्था व्यक्त गर्दै नेपाल भ्रमणको योजना रहेको जानकारी दिएकी हुन्।

उनले भगवान् पशुपतिनाथले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई सदियौँदेखि थप सुदृढ बनाउँदै आएको उल्लेख गर्दै दुई देशबीचको ऐतिहासिक सम्बन्ध अझ मजबुत हुनुपर्ने धारणा राखिन्।

भेटका क्रममा नेपाल–भारत सम्बन्ध, युवाबीचको सहकार्य, आपसी मित्रता विस्तार तथा विकासका साझा सम्भावनाबारे पनि छलफल भएको सांसद रानाले जानकारी दिए।

भारतीय भूमिमा नेपाली कांग्रेसनिकट जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गएको नेपाली टोलीले दिल्लीकी मुख्यमन्त्रीसँग शिष्टाचार भेट गरेको थियो।

भेटमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरी, कांग्रेस नेतृ सुनिता कुँवर तथा युवा नेता सुशान्त आचार्य र जीवन तिवारीलगायतको सहभागिता रहेको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय