spot_img

मधेशको सुरक्षा अवस्थाबारे गृहमन्त्रीले प्रधानमन्त्रीलाई गराए ब्रिफिङ

spot_img
spot_img

काठमाडौं,१९ साउन । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीच मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ। भेटका क्रममा तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाबारे विस्तृत छलफल भएको बताइएको छ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गृहमन्त्री गुरुङले मधेश भ्रमणका क्रममा गरेका गतिविधि, स्थानीय तहमा भएका छलफल तथा पछिल्लो सुरक्षा अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

भेटमा सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न तनाव, त्यसको प्रभाव सिरहालगायत अन्य जिल्लामा फैलिएको अवस्था तथा परिस्थिति सामान्य बनाउन सरकारले चालेका कदमबारे पनि समीक्षा गरिएको थियो।

यस्तै, आगामी दिनमा यस्ता संवेदनशील घटनाको पुनरावृत्ति रोक्न अपनाउनुपर्ने सुरक्षा रणनीति र समन्वयका विषयमा समेत प्रारम्भिक छलफल भएको जनाइएको छ।

गत १० साउन राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो। त्यसपछि उपचारका क्रममा थप दुई जनाको ज्यान गएको छ। घटनाको प्रभाव अन्य जिल्लामा फैलिँदा सिरहामा पनि प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो।

तनावपूर्ण अवस्था नियन्त्रणमा लिन नेपाली सेनासमेत परिचालन गरिएको थियो। सरकारले अहिले मधेशका जिल्लामा सुरक्षा अवस्था सामान्य बन्दै गएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय