spot_img

सुनसरी घटनाको निष्पक्ष छानबिन र प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

spot_img
spot_img

काठमाडौं,१९ साउन । नेपाली कांग्रेसले सुनसरीसहित विभिन्न जिल्लामा भएका हिंसात्मक घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सुनसरी घटनाको कारण, सुरक्षा व्यवस्थामा भएका कमजोरी, अफवाहको प्रभाव तथा राज्यको समग्र भूमिकाबारे स्वतन्त्र छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताए।

उनले सामाजिक सञ्जालमार्फत घृणा फैलाउने, झुटा सूचना प्रवाह गर्ने तथा साम्प्रदायिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनअनुसार कडा कारबाही गर्न सरकारसँग माग गरे। साथै, कुनै पनि धर्म वा समुदायलाई सामूहिक रूपमा शंकाको दृष्टिले नहेर्न उनले आग्रह गरे।

राईले सरकारले विभिन्न पक्षसँग गरेका सहमति, त्यसको संवैधानिक आधार, कार्यान्वयन प्रक्रिया र समयसीमाबारे संसद र नागरिकलाई स्पष्ट जानकारी गराउनुपर्ने आवश्यकता पनि औँल्याए।

उनले संवेदनशील राष्ट्रिय विषयहरू बन्द कोठामा होइन, खुला र समावेशी राष्ट्रिय संवादमार्फत टुंग्याइनुपर्ने धारणा राख्दै असहमतिलाई दबाएर राष्ट्रिय एकता कायम हुन नसक्ने बताए।

सांसद राईले घृणा र विभाजनभन्दा संवाद, सत्य र न्यायको बाटो रोज्नु नै संविधानको मर्म र देशको दीर्घकालीन हित हुने उल्लेख गर्दै सामाजिक सद्भाव कायम गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

ताजा अपडेट

लोकप्रिय