spot_img

ग्यास अभावबारे उद्योगीको आग्रह : ‘एक महिना पुग्ने ग्यास छ भने लाइनमा नबस्नुस्’

spot_img
spot_img

काठमाडौं,१९ साउन । एलपी ग्यास उद्योग संघ नेपालले ग्यास अभावका कारण बजारमा देखिएको चाप कम गर्न पर्याप्त मौज्दात भएका उपभोक्तालाई तत्काल ग्यास लिन लाइनमा नबस्न आग्रह गरेको छ।

मंगलबार विज्ञप्ति जारी गर्दै संघले कम्तीमा एक महिना पुग्ने ग्यास भएका उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास संकलन नगर्न अपिल गरेको हो। संघका अनुसार उपभोक्ता, विक्रेता, उद्योग र नेपाल आयल निगमबीच समन्वय र जिम्मेवारीका साथ काम भए बजारको अवस्था सहज बन्न सक्छ।

संघले विक्रेतालाई उपलब्ध ग्यास पारदर्शी र प्राथमिकताका आधारमा वितरण गर्न, उद्योगलाई नियमित आपूर्ति गर्न तथा नेपाल आयल निगमलाई बजार सामान्य नहुँदासम्म आवश्यकताअनुसार थप ग्यास आयात गर्न आग्रह गरेको छ।

संघका अनुसार ग्यास आपूर्ति नियमित भइरहे पनि पछिल्लो चार महिनामा नियमित खपतको तुलनामा करिब ४५ हजार मेट्रिक टन कम ग्यास आयात भएको, आधा भरिएका सिलिण्डरको प्रयोग बढेको तथा ग्यास अभाव हुने आशंकाले धेरै उपभोक्ताले एकैपटक खाली सिलिण्डर भर्न खोजेकाले बजारमा कृत्रिम चाप सिर्जना भएको हो।

संघले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगरी आवश्यकताअनुसार मात्रै खरिद गर्न आग्रह गर्दै सबै पक्षको सहकार्यबाट ग्यास आपूर्ति सहज हुने विश्वास व्यक्त गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

ताजा अपडेट

लोकप्रिय