spot_img

सिमलतालमा लेदोसहित पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

spot_img
spot_img

चितवन,२० साउन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार बिहान करिब ६ः४० बजे माथिबाट लेदोसहितको पहिरो खसेर रुखसमेत सडकमा ढलेपछि सडकको दुवैतर्फको यातायात ठप्प भएको हो।

पहिरो खसेपछि प्रहरीले तत्काल टोली परिचालन गरी घटनास्थलको सुरक्षा व्यवस्थापन थालेको छ। सडक विभागसँग समन्वय गरी पहिरो हटाउन लोडर ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन केही समय लाग्ने भएकाले प्रहरीले उक्त सडकखण्ड भएर यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

साथै, यात्रु तथा सवारी चालकलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

ताजा अपडेट

लोकप्रिय