काठमाडौं,२० साउन । साताको कारोबारको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। छापावाला सुनको मूल्य एकैदिन प्रतितोला ४ हजार २ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार बढेर २ लाख ८८ हजार रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ९५ रुपैयाँले वृद्धि भएको छ। मंगलबार प्रतितोला ४ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर ४ हजार ४ सय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
महासंघका अनुसार बुधबार १० ग्राम छापावाला सुनको मूल्य २ लाख ४६ हजार ९ सय १५ रुपैयाँ तथा १० ग्राम चाँदीको मूल्य ३ हजार ८ सय ३७ रुपैयाँ कायम भएको छ।




