spot_img

तरकारी लिएर वीरगन्ज आउँदै गरेको ट्रक भीमफेदीमा दुर्घटना, एक जनाको मृत्यु

spot_img
spot_img

मकवानपुर,२० साउन । मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

बुधबार बिहान पालुङबाट वीरगञ्जतर्फ तरकारी लिएर आउँदै गरेको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के ट्रक वर्षासँगै लागेको बाक्लो हुस्सुका कारण ओरालो सडकमा चिप्लिएर अनियन्त्रित भएको थियो। अनियन्त्रित ट्रक सडकबाट करिब १०० मिटर तल चण्डी खोलामा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्रकमा सवार ३६ वर्षीय अर्जुन कार्की गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि हेटौँडा अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–९ का २३ वर्षीय रञ्जित कार्की घाइते भएका छन्। उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

ताजा अपडेट

लोकप्रिय