काठमाडौं,२० साउन । सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ। नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
अध्यक्ष पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये छनोट प्रक्रियाबाट आलमलाई नियुक्त गरिएको सरकारले जनाएको छ।
शपथ ग्रहण समारोहमा मन्त्री मेहताले परिषद्लाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी संस्थाका रूपमा विकास गर्न आग्रह गर्दै औषधि सेवा, फार्मेसी शिक्षा, पेशागत नियमन तथा जनविश्वास अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइन्।
उनले गुणस्तरीय औषधि सेवा र फार्मेसी क्षेत्रको सुदृढीकरणका लागि परिषद्ले जिम्मेवारीपूर्ण ढंगले काम गर्नुपर्नेमा पनि जोड दिइन्।




