spot_img

पर्याप्त वर्षाले बारामा लक्ष्यभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

spot_img
spot_img

बीरगन्ज,२० साउन । पर्याप्त वर्षाका कारण बारा जिल्लामा यस वर्ष लक्ष्यभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र बाराका कार्यालय प्रमुख राजनारायण प्रसाद साहका अनुसार साउन २० गतेसम्म जिल्लाभर धान रोपाइँ शतप्रतिशत सम्पन्न भएको हो।

उनका अनुसार चालु वर्ष ४५ हजार १०० हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य राखिएकोमा अनुकूल मौसम र समयमै भएको वर्षाका कारण करिब ४६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ।

गत आर्थिक वर्षमा भने ४६ हजार २० हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य रहे पनि लामो खडेरीका कारण ४५ हजार ९९ हेक्टरमा मात्र रोपाइँ भएको थियो, जुन लक्ष्यको करिब ९८ प्रतिशत थियो।

प्रमुख साहले यस वर्ष पर्याप्त वर्षा भएपछि किसानले समयमै खेतमा रोपाइँ गर्न पाएकाले लक्ष्यभन्दा बढी क्षेत्रफलमा धान खेती सम्भव भएको बताए। यसले उत्पादन वृद्धि हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय