spot_img

कप्तानगन्ज घटनापीडितलाई राहत र क्षतिपूर्ति दिने सरकारको निर्णय

spot_img
spot_img

काठमाडौं,२० साउन । सरकारले सुनसरीको कप्तानगन्जसहित तराई–मधेशमा भएका पछिल्ला घटनाका पीडितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले घटनामा ज्यान गुमाएका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने र घाइतेहरूको उपचारको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

गत साउन ९ गते सुनसरीको कप्तानगन्जमा दुई समूहबीच विवाद उत्पन्न भएपछि स्थिति तनावग्रस्त बनेको थियो। विवाद बढ्दै गएर झडपको अवस्था आएपछि सुरक्षाकर्मीले गोली चलाएका थिए।

सुरक्षाकर्मीको गोली लागेर कप्तानगन्जमा तीन जनाको मृत्यु भएको थियो। उक्त घटनापछि उत्पन्न तनावका क्रममा सिरहामा समेत सुरक्षाकर्मीको गोली लाग्दा एक जनाको मृत्यु भएको थियो।

सरकारले तराई–मधेशका यी घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए। साथै, घटनामा घाइते भएकाहरूको उपचारको जिम्मेवारीसमेत सरकारले लिने निर्णय गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय