काठमाडौं,२० साउन । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसीलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई आयोगको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
प्रा.डा. केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष हुन्। त्रिभुवन विश्वविद्यालयका उपकुलपति केसरजंग बरालले राजीनामा दिएपछि उनले केही समय उपकुलपतिको जिम्मेवारीसमेत सम्हालेका थिए।
त्यसैगरी, मन्त्रिपरिषद्ले विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्रा.डा. रोजीन श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।
सरकारले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि र विश्वविद्यालय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ यी नियुक्ति गरेको जनाएको छ।




