spot_img

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई

spot_img
spot_img

काठमाडौं,२० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारमा सहभागी हुने वा नहुने विषयमा आवश्यक निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ।

बुधबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकार गठन र बदलिँदो राजनीतिक समीकरणलाई नजिकबाट नियाल्दै आवश्यक परे उपयुक्त समयमा निर्णय गर्ने नीति लिएको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपा हालसम्म प्रदेश सरकार गठनसँग सम्बन्धित सत्ता केन्द्रित गतिविधिमा सहभागी नभएको स्पष्ट पारे।

उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीच बनेको वर्तमान सत्ता समीकरणमा पार्टीको तत्काल कुनै संलग्नता नरहे पनि राजनीतिक परिस्थिति परिवर्तन भए र निर्णय आवश्यक पर्ने अवस्था आए अध्यक्षलाई त्यससम्बन्धी निर्णय गर्ने पूर्ण अधिकार दिइएको बताए।

राप्रपाले प्रदेश सरकारबारे तत्काल कुनै निर्णय नगरी राजनीतिक घटनाक्रमलाई नजिकबाट मूल्यांकन गर्दै अघि बढ्ने रणनीति अपनाएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय