spot_img

वीरगन्जका दुई होटलमा प्रहरीको छापा, सञ्चालकसहित १२ जना पक्राउ

spot_img
spot_img

वीरगन्ज,२० साउन । पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१६ इनर्वास्थित भन्सार क्षेत्रका दुई होटलमा छापा मारेर अनैतिक गतिविधिमा संलग्न रहेको आशंकामा होटल सञ्चालकसहित १२ जनालाई पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा खटिएको टोलीले अभिषेक होटलसहित दुई होटलमा छापा मार्दा सात महिला र पाँच पुरुषलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पक्राउ परेकामध्ये एक जना ४० वर्षीया होटल सञ्चालक हुन्। पक्राउ परेकामध्ये नौ जना भारतीय नागरिक र तीन जना नेपाली महिला रहेका छन्।

प्रहरीका अनुसार ती होटलमा केही दिनदेखि अनैतिक गतिविधि सञ्चालन भइरहेको भन्ने सूचना प्राप्त भएपछि गोप्य निगरानी गरिएको थियो। निगरानीका क्रममा गतिविधि पुष्टि भएपछि छापा मारिएको प्रहरी निरीक्षक सुवेदीले बताए।

प्रहरी टोली पुगेपछि अर्को होटलका सञ्चालक भने फरार भएका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूको उमेर १९ देखि ४० वर्षसम्म रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई नियन्त्रणमा राखी प्रचलित कानुनबमोजिम थप अनुसन्धान तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय