spot_img

ग्यास आपूर्तिको समस्या समाधान गर्न नेपाल आयल निगमद्वारा द्रुत प्रतिकार्य टोली गठन

spot_img
spot_img

काठमाडौं,२० साउन । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको वितरणमा देखिएको समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन गरेको छ।

उपभोक्तालाई सहज र झन्झटरहित रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास उद्योगका प्रतिनिधिहरू सम्मिलित टोली गठन गरिएको निगमले जनाएको छ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार उक्त टोलीले बुधबारदेखि नै आफ्नो काम सुरु गरिसकेको छ।

निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको जनाएको भए पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा आपूर्तिमा समस्या देखिएको स्वीकार गरेको छ।

द्रुत प्रतिकार्य टोलीले ग्यास वितरणमा देखिएका अवरोध, कृत्रिम अभाव तथा अन्य समस्या पहिचान गरी तत्काल समाधानका लागि आवश्यक समन्वय र अनुगमन गर्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय