spot_img

११५ दिनपछि खुल्यो भृकुटीमण्डपको सार्वजनिक पुस्तकालय, २५ साउनदेखि नियमित सेवा

spot_img
spot_img

काठमाडौं,२० साउन । काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय ११५ दिनपछि पुनः सञ्चालनमा आएको छ। समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित पुस्तकालयमा लगाएको ताला बुधबार खोलेसँगै पुस्तकालय सञ्चालनको बाटो खुलेको हो।

पुस्तकालयले करिब तीन करोड रुपैयाँ घरभाडा बक्यौता तिर्न बाँकी रहेको भन्दै परिषद्ले यसअघि तालाबन्दी गरेको थियो। तर, बक्यौता रकम अझै बाँकी रहे पनि पुस्तकालयको शैक्षिक तथा सामाजिक महत्वलाई ध्यानमा राख्दै ताला खोलिएको जनाइएको छ।

पुस्तकालय प्रशासनका अनुसार हाल पुस्तकहरूको व्यवस्थापन, सरसफाइ तथा अन्य आन्तरिक तयारीको काम भइरहेको छ। लामो समय बन्द रहेकाले यी कार्य पूरा गर्न केही दिन लाग्ने बताइएको छ।

सबै व्यवस्थापकीय तयारी सम्पन्न भएपछि आगामी २५ साउनदेखि पुस्तकालय सर्वसाधारण पाठकका लागि नियमित रूपमा खुला गरिने प्रशासनले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय