spot_img

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिँदा आगलागी,

spot_img
spot_img

राैतहट,२१ साउन । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार बिहान १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटना हुँदा आगलागी भएको छ।

अमलेखगञ्ज डिपोबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर बिहान करिब साढे ५ बजे अनियन्त्रित भई सडकमै पल्टिएपछि आगलागी भएको प्रहरीले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरका अनुसार दुर्घटनालगत्तै ट्याङ्करमा भीषण आगो लागेको थियो। चालक भने समयमै ट्याङ्करबाट बाहिर निस्कन सफल भएकाले उनी सकुशल रहेका छन्।

घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले पुष्टि गरेको छ। आगलागीको सूचना प्राप्त भएपछि दमकल, सुरक्षाकर्मी र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय