spot_img

बारामा करेन्ट लागेर ६० वर्षीय पुरुषको मृत्यु

spot_img
spot_img

बीरगन्ज,२१ साउन । बाराको आदर्श कोतवाल गाउँपालिका–७, कोतवाली बेल्वाका ६० वर्षीय गणेश महतो कोईरीको करेन्ट लागेर मृत्यु भएको छ।

प्रहरीका अनुसार बिहीबार बिहान करिब १०:४० बजे घरमा बत्ती बाल्नका लागि बिजुलीको पोलमा हुक लगाउने क्रममा एउटा तार विद्युत् लाइनमा अल्झिएको थियो। सोही क्रममा अर्को तार उनको शरीरमा खस्दा उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

घटनापछि उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्‍याइएको थियो। उपचारका क्रममा चिकित्सकले दिउँसो करिब १२:०५ बजे ईसीजी परीक्षणपछि उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ। मृतकसँग उनका भाइ चन्देरश्वर महतो कोईरी अस्पतालमा रहेका थिए।

घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्र जयनगरबाट प्रहरी सहायक निरीक्षक पुजई महराको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। हाल मृतकको शव प्रादेशिक अस्पताल कलैयामा राखिएको छ भने घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

ताजा अपडेट

लोकप्रिय