spot_img

हिन्दू अधिराज्य र अभिभावकीय राजसंस्थाको एजेन्डासहित ‘जय नेपाल पार्टी’ दर्ता गर्ने धवलशमशेरको घोषणा

spot_img
spot_img

काठमाडौं,२१ साउन । नेता डा. धवलशमशेर राणाले हिन्दू अधिराज्यको पुनःस्थापना र अभिभावकीय भूमिकामा रहने राजसंस्थाको अवधारणासहित ‘जय नेपाल पार्टी’ गठन गर्न लागेको घोषणा गरेका छन्।

उनले साउन २८ गते निर्वाचन आयोगमा आफ्नो अध्यक्षतामा पार्टी दर्ता गरिने जानकारी दिएका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राणाले पार्टीमा दुर्गा प्रसाईँलाई सर्वमान्य नेताको जिम्मेवारी दिइने बताए। उनले आफूहरूले सक्रिय राजनीतिक शक्ति सञ्चालन गर्ने राजसंस्था नभई राष्ट्रको अभिभावक र राष्ट्ररक्षकको भूमिकामा रहने राजसंस्थाको पक्षमा रहेको स्पष्ट पारे।

राणाले नेपालका सबै जातजाति र धर्मावलम्बीले परम्परागत रूपमा राजसंस्थालाई स्वीकार गर्दै आएको उल्लेख गर्दै राजसंस्था हटेपछि देश विभिन्न संकटमा परेको दाबी गरे।

उनले हिन्दू अधिराज्यको पुनःस्थापनालाई मुख्य उद्देश्य बनाएर ‘जय नेपाल पार्टी’ स्थापना गर्न लागिएको समेत बताए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

ताजा अपडेट

लोकप्रिय