जनकपुर,२१ साउन । पानी तान्ने विद्युतीय मोटर बचाउने प्रयासमा महोत्तरीको बर्दिबास नगरपालिका–५ का ६२ वर्षीय टङ्कबहादुर बस्नेतको ज्यान गएको छ।
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक गुरुप्रसाद तिमिल्सिनाका अनुसार बुधबार साँझ गढन्ता खोलाछेउको खेतमा राखिएको विद्युतीय मोटर बाढीले बगाउन थालेपछि बस्नेत मोटर निकाल्न खोलातर्फ गएका थिए।
सोही क्रममा आएको एक्कासिको बाढीले उनलाई बगाएको थियो।
घटनापछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो। खोजतलासका क्रममा घटनास्थलबाट करिब तीन किलोमिटर दक्षिणतर्फ खोलामा घोप्टो परेको अवस्थामा बस्नेतको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।




