spot_img

वीरगन्जकाे मुर्लीमा घरअगाडिबाट मोटरसाइकल हरायो

spot_img
spot_img

बीरगन्ज,२१ साउन । वीरगन्ज महानगरपालिका–१५ मुर्ली पोखरीस्थित एक घरअगाडिबाट पार्किङ गरिएको मोटरसाइकल हराएको घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

पीडितका अनुसार बुधबार दिउँसो करिब २ बजे भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका तीन जना व्यक्तिले घरअगाडि पार्किङ गरिएको ना ५१ प ६४६४ नम्बरको मोटरसाइकल लगेको आरोप लगाइएको छ।

घटनाबारे सामाजिक सञ्जालमार्फत जानकारी सार्वजनिक गर्दै पीडितले ती व्यक्तिहरू जग्गा हेर्न आएको बुझिएको उल्लेख गरेका छन्। उनले मोटरसाइकल झुक्किएर लगिएको हुन सक्ने अनुमानसमेत व्यक्त गर्दै सम्बन्धित व्यक्तिलाई मोटरसाइकल फिर्ता गरिदिन आग्रह गरेका छन्।

पीडितले घटनाबारे प्रहरीमा उजुरी दिइसकेको जनाउँदै ती व्यक्तिहरूको पहिचान हुने वा घटनासम्बन्धी कुनै जानकारी भए तत्काल प्रहरी वा आफूलाई जानकारी गराइदिन सर्वसाधारणसँग अनुरोध गरेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

ताजा अपडेट

लोकप्रिय