spot_img

प्रहरी श्रीमती संघ मधेस प्रदेशको ४२औँ वार्षिकोत्सव : रक्तदान, वृक्षारोपण र फलफूल वितरण

spot_img
spot_img

धनुषा,२१ साउन । नेपाल प्रहरी श्रीमती संघ, मधेस प्रदेशले आफ्नो ४२औँ वार्षिकोत्सव विविध सामाजिक तथा मानवीय कार्यक्रमका साथ मनाएको छ। वार्षिकोत्सवको अवसरमा संघले रक्तदान, वृक्षारोपण तथा बिरामीलाई फलफूल वितरण कार्यक्रम आयोजना गरेको हो।

बिहीबार नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा जनकपुरमा आयोजित रक्तदान कार्यक्रममा नेपाल प्रहरीका कर्मचारी, उनीहरूका परिवार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। साथै वातावरण संरक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षारोपण र अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको संघले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) ओमप्रसाद अधिकारीले २४सै घण्टा फिल्डमा खटिने प्रहरी कर्मचारीको मनोबल अभिवृद्धि गर्न नेपाल प्रहरी श्रीमती संघले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए। उनले संघले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै रक्तदान, स्वास्थ्य सहयोग र वातावरण संरक्षणजस्ता सेवामूलक गतिविधि सञ्चालन गरिरहेको उल्लेख गरे।

डिआईजी अधिकारीले रक्तदानले आवश्यक परेका बिरामीको ज्यान बचाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै वृक्षारोपणले भविष्यमा वातावरण संरक्षण र समाजलाई दीर्घकालीन लाभ पुर्‍याउने बताए।

नेपाल प्रहरी श्रीमती संघ, मधेस प्रदेशकी अध्यक्ष मनिषा उप्रेतीले प्रहरी र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन संघले निरन्तर सामाजिक तथा मानवीय कार्यक्रम सञ्चालन गर्दै आएको बताइन्। वार्षिकोत्सवको अवसरमा आयोजना गरिएका कार्यक्रमहरू पनि सोही उद्देश्यका साथ गरिएको उनले स्पष्ट पारिन्।

संघले आगामी दिनमा पनि समुदायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै सामाजिक सेवामूलक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

ताजा अपडेट

लोकप्रिय