spot_img

जनकपुरधाम यातायात कार्यालयले एक वर्षमा ५७ करोडभन्दा बढी राजस्व सङ्कलन

spot_img
spot_img

जनकपुर,२१ साउन । यातायात व्यवस्था कार्यालय, जनकपुरधामले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न सेवामार्फत ५७ करोड १५ लाख ३० हजार ६३६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

कार्यालय प्रमुख वासुदेव मल्लका अनुसार नयाँ सवारी दर्ता, सवारी नवीकरण, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलगायतका सेवाबाट उक्त राजस्व सङ्कलन भएको हो।

यद्यपि, यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ९ करोड ५४ लाख १३ हजार ३४४ रुपैयाँले कम हो। कार्यालयले आव २०८१/८२ मा ६६ करोड ६९ लाख ४३ हजार ९८० रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।

राजस्व घट्नुको मुख्य कारण गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलन तथा आर्थिक वर्षको अन्तिमतिर यातायात व्यवस्था विभागले नयाँ सफ्टवेयर प्रणाली कार्यान्वयनका क्रममा भएको ढिलाइ रहेको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा २१ हजार २९४ वटा नयाँ सवारीसाधन दर्ता भएका छन्। तीमध्ये १६ हजार ९५७ वटा मोटरसाइकल, १ हजार ९०२ वटा टेम्पो तथा विद्युतीय रिक्सा, १ हजार २२ वटा ट्र्याक्टर, २२६ वटा जिप तथा कार र १८७ वटा बस तथा ट्रक रहेका छन्।

यसै अवधिमा नयाँ तथा वर्ग थप गरी १३ हजार ३३८ जनालाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरिएको कार्यालयले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय