spot_img

पहिलो प्रयासमै आईओईमा चम्किए हरि खेतानका अमित, २१७औँ र्‍याङ्कसहित पूर्ण छात्रवृत्ति

spot_img
spot_img

बीरगन्ज,२१ साउन । बीरगन्जस्थित हरि खेतान बहुमुखी कलेजका विद्यार्थी अमित कुमार वर्णवालले इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई) प्रवेश परीक्षामा पहिलो प्रयासमै उल्लेखनीय सफलता हासिल गरेका छन्। उनले २१७औँ र्‍याङ्क प्राप्त गर्दै पूर्ण छात्रवृत्तिमा इन्जिनियरिङ अध्ययन गर्ने अवसर सुनिश्चित गरेका हुन्।

कलेजका अनुसार पहिलो प्रयासमै प्राप्त गरेको यो सफलता अमितको निरन्तर मेहनत, अनुशासन र लक्ष्यप्रतिको समर्पणको परिणाम हो। साथै, यसले हरि खेतान बहुमुखी कलेजले प्रतिस्पर्धात्मक परीक्षाका लागि उपलब्ध गराउँदै आएको शैक्षिक वातावरण र तयारी प्रणालीलाई पनि थप सुदृढ रूपमा प्रस्तुत गरेको जनाएको छ।

अमितको सफलताप्रति खुसी व्यक्त गर्दै कलेज सञ्चालक समितिका सल्लाहकार जयप्रकाश खेतानले उनलाई बधाई दिँदै आगामी दिनमा दक्ष र जिम्मेवार इन्जिनियरका रूपमा देशको सेवा गर्न शुभकामना दिएका छन्।

त्यस्तै, कलेज प्रमुख किशोरी राय, सञ्चालक समितिका सल्लाहकार सुरेश रुङटा, कलेज प्रशासन, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूले अमितको उपलब्धिप्रति गर्व व्यक्त गर्दै उनको उज्ज्वल शैक्षिक तथा व्यावसायिक भविष्यको कामना गरेका छन्।

कलेजले अमितको सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई संस्थाको शैक्षिक उत्कृष्टताको प्रतीक बनेको जनाएको छ। मेहनत, लगनशीलता र उचित मार्गदर्शनका माध्यमबाट प्रतिस्पर्धात्मक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सकिन्छ भन्ने उदाहरण अमितले प्रस्तुत गरेको कलेजको भनाइ छ।

हरि खेतान बहुमुखी कलेजले गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक र प्रतिस्पर्धात्मक परीक्षामुखी शिक्षण प्रणालीमार्फत विद्यार्थीलाई सक्षम र प्रतिस्पर्धी बनाउन निरन्तर प्रयास गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि यस्तै उत्कृष्ट नतिजा दिने विद्यार्थी उत्पादन गर्ने लक्ष्यका साथ शैक्षिक गतिविधिलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता कलेजले व्यक्त गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

ताजा अपडेट

लोकप्रिय