spot_img

नारायणी नदीमा एक्कासि बाढी, बीचभागमा फसेका पुरुषको सशस्त्र प्रहरीद्वारा उद्धार

spot_img
spot_img

चितवन,२१ साउन । नारायणी नदीमा अचानक पानीको सतह बढेपछि नदीको बीचभागमा फसेका एक पुरुषको सशस्त्र प्रहरी बलको टोलीले सकुशल उद्धार गरेको छ।

उद्धार गरिएका व्यक्ति भरतपुर महानगरपालिका–६, गीतानगर निवासी वेदबहादुर थापा हुन्।

प्राप्त जानकारीअनुसार बिहानीपख ‘मर्निङ वाक’का लागि घरबाट निस्किएका थापा नदी किनारस्थित चौतारामा केहीबेर आराम गरिरहेका बेला एक्कासि नदीमा बाढीको बहाव बढेको थियो। पानीको सतह तीव्र रूपमा बढेपछि उनी बाहिर निस्कन नसकी नदीको बीचभागमै फसेका थिए।

घटनाबारे सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरीको उद्धार टोली घटनास्थल पुगेको थियो। टोलीले आवश्यक सुरक्षा सतर्कता अपनाउँदै थापाको सकुशल उद्धार गरेको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

ताजा अपडेट

लोकप्रिय