spot_img

सिरहा–सुनसरी हिंसामा ज्यान गुमाएकाको सम्झनामा हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा

spot_img
spot_img

सिरहा,२१ साउन । सिरहा र सुनसरीमा हालै भएका हिंसात्मक घटनामा ज्यान गुमाएका चार जनाको सम्झनामा सिरहाको गोलबजारमा हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

उद्योग व्यापार संघ गोलबजारको आयोजनामा बिहीबार सम्पन्न कार्यक्रममा साम्प्रदायिक सद्भाव, आपसी विश्वास र सामाजिक एकता कायम गर्ने सन्देश दिइएको थियो। आयोजकका अनुसार हिंसात्मक घटनापछि उत्पन्न अविश्वास अन्त्य गर्दै शान्तिपूर्ण सहअस्तित्वलाई बलियो बनाउने उद्देश्यले संयुक्त श्रद्धाञ्जली सभा आयोजना गरिएको हो।

कार्यक्रममा सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहता तथा सिरहाका गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। सहभागीहरूले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भविष्यमा यस्ता दुःखद घटना दोहोरिन नदिन शान्ति, सहिष्णुता र सामाजिक सद्भावलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका थिए।

साउन १० गते सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा तीन जनाको मृत्यु भएको थियो। त्यसपछि उक्त घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा साउन १४ गते किशोर गणेश यादवको मृत्यु भएको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

ताजा अपडेट

लोकप्रिय