spot_img

गोलबजारको श्रद्धाञ्जली सभामा सांसद तपेश्वर यादवको अभिव्यक्तिपछि विवाद, कार्यक्रम प्रभावित

spot_img
spot_img

सिरहा,२१ साउन । सुनसरीको देवानगञ्ज घटनापछि ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको सम्झनामा सिरहाको गोलबजारमा आयोजित श्रद्धाञ्जली सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तपेश्वर यादवको अभिव्यक्तिपछि विवाद उत्पन्न भएको छ।

उद्योग व्यापार संघ गोलबजारको सभाहलमा बिहीबार आयोजित कार्यक्रममा सांसद यादवले मधेशमा भएको हिंसा र त्यससँग सम्बन्धित घटनाबारे धारणा राखेका थिए। कार्यक्रममा सहभागी केही व्यक्तिले उनको अभिव्यक्तिलाई शोकसभामा राजनीतिक विषय प्रवेश गराएको भन्दै आपत्ति जनाएपछि विवाद चर्किएको थियो।

प्रत्यक्षदर्शीका अनुसार श्रद्धाञ्जली कार्यक्रमका क्रममा दुई पक्षबीच भनाभन भएपछि केही समय तनावको अवस्था सिर्जना भएको थियो। विवाद बढ्न थालेपछि सुरक्षाकर्मीले हस्तक्षेप गर्दै सांसद यादवलाई सुरक्षा व्यवस्थासहित कार्यक्रमस्थलबाट बाहिर निकालेका थिए।

घटनापछि कार्यक्रम प्रभावित भएको थियो। आयोजकले शोकसभा सम्पन्न गरी आपसी सद्भावको सन्देशसहित शान्तिपूर्ण र्‍याली निकाल्ने तथा बजार सञ्चालन गर्ने योजना बनाएको भए पनि विवादका कारण कार्यक्रम प्रभावित भएको जनाइएको छ। घटनापछि गोलबजार क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने स्थानीयवासी र व्यवसायीले सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

ताजा अपडेट

लोकप्रिय