spot_img

केरौन सबस्टेशन परीक्षणका लागि शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

spot_img
spot_img

काठमाडौं,२२ साउन । नेपाल विद्युत् प्राधिकरणले मोरङको केरौन १३२/३३ केभी सबस्टेशनमा उपकरण परीक्षण तथा दुहबी–दमक १३२ केभी प्रसारण लाइनअन्तर्गत आवश्यक निर्माण कार्यका कारण शनिबार पूर्वी नेपालका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अस्थायी रूपमा बन्द हुने जनाएको छ।

प्राधिकरणका अनुसार शनिबार बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ। यस अवधिमा झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरीसहित आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनेछ।

केरौन सबस्टेशनका उपकरणहरूको परीक्षण तथा केरौनस्थित टावर नम्बर ६८ र ६९ बीच डेड–एन्ड टावर जडान कार्य सम्पन्न गर्न विद्युत् सेवा बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ।

प्राविधिक कार्य निर्धारित समयअघि नै सम्पन्न भए विद्युत् आपूर्ति पनि सोहीअनुसार छिट्टै पुनः सञ्चालन गरिने प्राधिकरणको भनाइ छ।

निर्धारित समयमा सेवा अवरुद्ध हुँदा ग्राहकलाई पर्न सक्ने असुविधाप्रति नेपाल विद्युत् प्राधिकरणले क्षमायाचना गर्दै सहयोगका लागि अनुरोध गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय