spot_img

नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण

spot_img
spot_img

काठमाडौं,२२ साउन । नेपाल मेडिकल काउन्सिलले साउन ७ र ८ गते सञ्चालन गरेको विशेष लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको छ। परीक्षामा सहभागी १ हजार १३ जनामध्ये ९४७ जना उत्तीर्ण भएका छन् भने समग्र उत्तीर्ण प्रतिशत ९३.४८ रहेको काउन्सिलले जनाएको छ।

काउन्सिलका अनुसार ६५ जना परीक्षार्थी अनुत्तीर्ण भएका छन् भने एक जना अनुपस्थित रहेका थिए।

देशगत नतिजाअनुसार नेपालका मेडिकल तथा डेन्टल कलेजबाट अध्ययन गरेका ९१९ परीक्षार्थीमध्ये ९०४ जना (९८.३७ प्रतिशत) उत्तीर्ण भएका छन्। पाकिस्तान र अमेरिकाबाट अध्ययन गरेका सबै परीक्षार्थी सफल भएका छन् भने भारतबाट सहभागी १७ जनामध्ये १३ जना (७६.४७ प्रतिशत) उत्तीर्ण भएका छन्। चीनबाट अध्ययन गरेका ३७ जनामध्ये ८ जना (२१.६२ प्रतिशत) मात्र सफल भएका छन् भने बेलारुसबाट सहभागी एक जना अनुत्तीर्ण भएका छन्।

नेपालभित्रका शिक्षण संस्थामध्ये काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेस, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कान्तिपुर डेन्टल कलेज, नेपाल मेडिकल कलेज, नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेसलगायत १४ वटा संस्थाका सबै परीक्षार्थी उत्तीर्ण भएका छन्।

त्यस्तै, महाराजगञ्ज मेडिकल क्याम्पसका ८६ मध्ये ८४ जना (९७.६७ प्रतिशत) तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १०२ मध्ये ९८ जना (९६.०८ प्रतिशत) परीक्षार्थी उत्तीर्ण भएका छन्। काउन्सिलका अनुसार ३६ वटा विषय समेटिएको यस विशेष परीक्षामा अधिकांश विषयमा परीक्षार्थीहरूको नतिजा सन्तोषजनक देखिएको छ।

 

 

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय