spot_img

ढल्केबर ट्रमा सेन्टर विवादमा सरकारलाई आजै जवाफ दिन सभामुखको निर्देशन

spot_img
spot_img

काठमाडौं,२२ साउन । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले धनुषाको ढल्केबरमा निर्माण प्रस्तावित ट्रमा सेन्टर स्थानान्तरणको विषयमा सरकारलाई आजै संसद्मा स्पष्ट जवाफ दिन निर्देशन दिएका छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद डा. चन्द्रमोहन यादवले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ढल्केबरमा बन्ने ट्रमा सेन्टर अन्यत्र सार्न खोजेको आरोप लगाउँदै कडा विरोध जनाएका थिए। उनले सरकारले राजनीतिक पूर्वाग्रह वा अन्य स्वार्थका कारण यस्तो निर्णय गर्न लागेको दाबी गर्दै विषयप्रति सदनको ध्यानाकर्षण गराएका थिए।

सांसद यादवले सरकारबाट स्पष्ट जवाफ नआएसम्म सदनमा मौन रूपमा उभिएर विरोध जनाउने घोषणा पनि गरेका थिए। त्यसपछि सभामुख अर्यालले उक्त विषय गम्भीर रहेको भन्दै सरकारलाई सोही दिन संसद्मा स्पष्ट जवाफ दिन निर्देशन दिएका हुन्।

सभामुखको निर्देशनपछि सांसद यादवले सरकारको जवाफ आएपछि आफ्नो मौन विरोध अन्त्य गर्ने संकेत दिएका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय