spot_img

सात लाखभन्दा बढी मूल्यको अवैध मदिरासहित दुई भारतीय नागरिक पक्राउ

spot_img
spot_img

काठमाडाै,२२ साउन । पाल्पामा प्रहरीले भारतबाट अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणको मदिरासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। उनीहरू सवार भारतीय नम्बर प्लेटको कारबाट सात लाख रुपैयाँभन्दा बढी मूल्यको मदिरा बरामद भएको प्रहरीले जनाएको छ।

बुधबार राति करिब ११ बजे तिनाउ गाउँपालिका–३ स्थित पैठेडाँडा चेकपोस्टमा नियमित सवारी जाँचका क्रममा भारतको गोरखपुरबाट पोखरातर्फ जाँदै गरेको यूपी ३२ एसटी ४२८६ नम्बरको कारलाई प्रहरीले रोकेको थियो। जाँचका क्रममा कारभित्र लुकाइछिपाइ राखिएको ७५३ बोतल अवैध मदिरा फेला परेको हो।

पक्राउ पर्नेमा भारतको लखनउ निवासी ३७ वर्षीय एमा मोदिन र ४३ वर्षीय शिवनाथ मौर्या रहेका छन्। उनीहरूलाई प्रहरी चौकी दोभानबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

बरामद गरिएको मदिरामध्ये ७५० एमएलका ५११ बोतल वर्ल्ड मंक र १२ बोतल सिग्नेचर ब्रान्डका मदिरा रहेका छन्। प्रहरीले बरामद मदिराको अनुमानित बजार मूल्य करिब ७ लाख ५१ हजार २०० रुपैयाँ रहेको जनाएको छ।

प्रहरीले मदिरासहित कार र दुवै पक्राउ परेका व्यक्तिलाई अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी चौकी दोभानको नियन्त्रणमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय