spot_img

पर्सामा विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ

spot_img
spot_img

वीरगन्ज,२३ साउन । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न स्थानमा लुकीछिपी बस्दै आएका तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरू जिल्ला अदालत पर्साबाट विभिन्न मुद्दामा सजाय तोकिएपछि फरार रहेका अभियुक्त हुन्। उनीहरूमध्ये केही अपहरण तथा शरीर बन्धक, जबर्जस्ती करणी र जालसाजी मुद्दामा अदालतबाट दोषी ठहर भएका थिए।

पक्राउ परेकामध्ये दुई घटनाका अभियुक्तलाई अदालतले जनही एक वर्ष कैद सजाय तोकेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

पक्राउपछि उनीहरूलाई आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला अदालत पर्सामा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय