spot_img

वीरगन्जमा आयोजित रक्तदान कार्यक्रममा ५८ जनाले गरे रक्तदान

spot_img
spot_img

वीरगन्ज,२३ साउन । वीरगन्जमा शनिबार आयोजित रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका छन्।

राउन्ड टेबल नेपाल वीरगन्ज र रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा घण्टाघर चोकस्थित स्वर्गीय बाबा रामजन्म तिवारीको शालिक परिसरमा रक्तदान कार्यक्रम गरिएको हो।

रक्तदान गर्नेहरूमा देवनाथ राय, सगुनकुमार सिंह, अफरोज अन्सारी, कृष्णमोहन यादव, सञ्जोग थापा, शक्ति श्रेष्ठ, सहिम राउत गद्दी, राहुल महतोलगायत रहेका छन्। रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेका अनुसार कार्यक्रममा कुल ५८ जनाले रक्तदान गरेका हुन्।

राउन्ड टेबल नेपाल वीरगन्जका अध्यक्ष सुमित मित्तल र रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसका रामविनय यादवको संयुक्त अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, नेपाल इनोभेटिभ सोसाइटी वीरगन्जका अध्यक्ष कमल चौगाई, रोटरी क्लब अफ वीरगन्ज मेट्रोपोलिसका अध्यक्ष राजकिशोर प्रसाद, मोहित राजपाल, समाजसेवी राजेन्द्र भट्टराईलगायतको सहभागिता रहेको थियो।

आयोजकहरूले नियमित रक्तदानमार्फत रक्त अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीलाई सहयोग पुग्ने भएकाले यस्ता सामाजिक अभियानलाई निरन्तरता दिने बताएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय