spot_img

‘देश संकटतर्फ धकेलिएपछि दीर्घकालीन सोचका साथ मोर्चा गठन गरिएको हो’ : प्रभु साह

spot_img
spot_img

काठमाडाै,२३ साउन । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मुलुक निरन्तर संकटतर्फ धकेलिँदै गएकाले दीर्घकालीन सोचका साथ ‘अग्रगामी मोर्चा’ गठन गरिएको बताएका छन्।

काठमाडौंमा आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा बोल्दै साहले देशमा पटक–पटक विभिन्न राजनीतिक आन्दोलन भए पनि आम जनताको अवस्था भने अपेक्षाअनुसार परिवर्तन हुन नसकेको बताए।

उनले वर्तमान राजनीतिक परिस्थितिका कारण मुलुक थप संकटतर्फ अघि बढिरहेको र जनतामा निराशा बढ्दै गएको दाबी गरे। यही अवस्थाबाट निकास खोज्दै नयाँ राजनीतिक सहकार्यका रूपमा मोर्चा गठन गरिएको उनको भनाइ थियो।

साहले नयाँ नेपाल निर्माणको लक्ष्यसहित आफूहरू अघि बढेको बताए। उनले भने, ‘हामी आठ दल फरक सोचका साथ यहाँसम्म आइपुगेका छौँ।’

मोर्चाले तत्कालीन राजनीतिक लाभभन्दा दीर्घकालीन उद्देश्यलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै साहले लक्ष्य प्राप्त नभएसम्म मोर्चाको अभियान जारी रहने बताए।

उनले वर्तमान सरकारले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाउँदै निराश नागरिकमा नयाँ आशा र विश्वास जगाउनु मोर्चाको प्रमुख उद्देश्य रहेको बताए।

साहका अनुसार अग्रगामी मोर्चाले जनताका समस्या, अधिकार र मुलुकको दीर्घकालीन हितलाई केन्द्रमा राखेर राजनीतिक गतिविधि अघि बढाउनेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय