spot_img

बारामा १ किलो ७४४ ग्राम गाँजाजस्तो पदार्थसहित एक जना पक्राउ

spot_img
spot_img

बीरगन्ज,२५ साउन । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरस्थित शान्ति टोलबाट प्रहरीले १ किलो ७४४ ग्राम गाँजाजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शान्ति टोल निवासी ४२ वर्षीय वीरेन्द्र बैठा रहेका छन् ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको टोलीले आइतबार दिउँसो करिब ३ बजे बैठाको घरमा छापा मारेको थियो । सो क्रममा घरको आँगनबाट गाँजाजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ७० वटा पुडियामा प्याक गरिएको ३८६ ग्राम र कालो प्लास्टिकमा प्याक गरी राखिएको १ किलो ३५० ग्राम गरी कुल १ किलो ७४४ ग्राम पदार्थ बरामद गरिएको हो ।

बरामद पदार्थसहित बैठालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जीतपुरमा राखिएको छ ।

घटनास्थल इलाका प्रहरी कार्यालय जीतपुरबाट करिब दुई किलोमिटर उत्तरतर्फ पर्छ । पक्राउ परेका बैठामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद पदार्थ परीक्षण गरेपछि मात्रै त्यसको वास्तविक प्रकृति यकिन हुने प्रहरीले जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय