काठमाडौं,२५ साउन । प्रतिनिधिसभाको सोमबारको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा तीन वटा विधेयक प्रस्तुत भएका थिए । त्यस्तै, बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ ।
सभामुख अर्यालले निर्धारित कार्यसूचीअनुसारका विषयमा छलफल तथा निर्णय प्रक्रिया अघि बढाउँदै बैठक स्थगित गरेका हुन् । प्रतिनिधिसभाको अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्नेछ ।





