spot_img

राष्ट्रिय सुरक्षा र सूचना सङ्कलनसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

spot_img
spot_img

काठमाडौं,२५ साउन । प्रतिनिधिसभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ बहुमतले पारित गरेको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित विधेयक निर्णयार्थ प्रस्तुत गरिएको थियो । सभामुख डोलप्रसाद अर्यालले विधेयकको दफा २ लाई निर्णयार्थ प्रस्तुत गरेपछि बहुमत सांसदले ‘हुन्छ’ भन्ने ध्वनि मत दिएसँगै विधेयक पारित भएको घोषणा गरेका हुन् ।

समितिमा विधेयकमाथि दफावार छलफलका क्रममा कुनै पनि संशोधन प्रस्ताव नपरेको जानकारी सभामुख अर्यालले सदनलाई गराएका थिए । त्यसकारण समितिको प्रतिवेदनमाथि थप निर्णय आवश्यक नरहेको उनले बताए ।

यसअघि सभामुखले विधेयकको प्रस्तावना र नामसमेत निर्णयार्थ प्रस्तुत गरेका थिए ।

विधेयक पारित भएसँगै राष्ट्रिय सुरक्षा तथा सूचना सङ्कलनसँग सम्बन्धित नेपाल विशेष सेवा (गुप्तचरी निकाय) को २०४२ सालको ऐनका केही साविकका कानुनी व्यवस्था पुनः कायम हुने भएका छन् ।

राष्ट्रिय सुरक्षा तथा सूचना सङ्कलनलाई थप प्रभावकारी बनाउन पुराना कानुनी व्यवस्थालाई पुनर्जीवित गर्न आवश्यक रहेकाले सरकारले विधेयक ल्याएको थियो ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय