spot_img

वीरगन्जको श्रीपुरमा फेला परेका बालक आमाको जिम्मा लगाइयो

spot_img
spot_img

वीरगन्ज,२५ साउन । वीरगन्ज महानगरपालिका–११ श्रीपुरमा अलपत्र अवस्थामा फेला परेका करिब ३ वर्षीय बालकलाई उनकी आमाको जिम्मा लगाइएको छ।

श्रीपुरस्थित त्रिमूर्ति फिल्म हलअगाडि सोमबार दिउँसो बालक फेला परेपछि स्थानीयले उनलाई सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुरको संरक्षणमा बुझाएका थिए।

बालकको खोजी गर्दै आएकी उनकी आमा शान्ति देवी सम्पर्कमा आएपछि आवश्यक सोधपुछ तथा पहिचान पुष्टि गरी उनलाई आमाको जिम्मा लगाएर पठाइएको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुरले जनाएको छ।

बालकको नाम सोनुकुमार साह रहेको र उनी भारतको बिहारस्थित पश्चिम चम्पारण जिल्लाको धुमाटाँड निवासी गणेश साहका छोरा रहेको खुलेको छ।

बालकलाई सामुदायिक प्रहरी सेवा केन्द्रका इन्चार्ज प्रहरी सहायक हवल्दार विश्वेश्वरप्रसाद साह, सदस्य मनिष सिंहलगायतको रोहबरमा आमाको जिम्मा लगाइएको हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय