spot_img

सीडीओ कार्यालयअगाडि नवजात शिशुको शव भेटिएपछि प्रहरी अनुसन्धानमा

spot_img
spot_img

वीरगन्ज,२६ साउन । वीरगन्जस्थित जिल्ला प्रशासन कार्यालय (सीडीओ कार्यालय) अगाडिको नालामा मंगलबार नवजात शिशुको शव फेला परेको छ।

नालामा नवजात शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले शव नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालेको छ।

प्रहरीका अनुसार शिशुको शव नालामा कसरी पुग्यो र कसले त्यहाँ छाडेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। घटनाको प्रकृति र शिशुको पहिचानबारे समेत प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

सीडीओ कार्यालयजस्तो संवेदनशील तथा व्यस्त स्थानअगाडि नवजात शिशुको शव फेला परेपछि स्थानीयवासीमा समेत चासो र चिन्ता बढेको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय