spot_img

ग्यास अभावमा सरकारको व्यवस्थापनमाथि खुस्बु ओलीको प्रश्न

spot_img
spot_img

काठमाडौं,२६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै उद्योगमन्त्री गौरीकुमारीप्रति प्रश्न उठाएकी छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले सर्वसाधारण घाममा घण्टौँसम्म ग्यासको लाइनमा बस्नुपर्ने अवस्था रहे पनि मन्त्रीले त्यसतर्फ ध्यान नदिएको आरोप लगाइन्।

मन्त्रीले आलोचना गर्ने व्यक्तिलाई फोन गरेर व्यक्तिगत रूपमा ग्यास उपलब्ध गराइरहेको दाबी गर्दै उनले यस्तो काम मन्त्रीको जिम्मेवारीभित्र पर्छ कि पर्दैन भन्ने प्रश्न गरिन्।

‘मन्त्रीको काम व्यक्ति–व्यक्तिलाई फोन गरेर ग्यास बाँड्दै हिँड्ने हो? उहाँको जिम्मेवारी राज्यको प्रणालीलाई व्यवस्थित रूपमा सञ्चालन गराउने हो,’ ओलीले भनिन्।

उनले व्यक्तिगत रूपमा केही व्यक्तिलाई ग्यास उपलब्ध गराएर समस्या समाधान नहुने बताउँदै राज्यले ‘दया’ होइन, व्यवस्थित आपूर्ति प्रणाली सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।

सांसद ओलीले ग्यास अभावबारे प्रधानमन्त्रीले उद्योगमन्त्रीसँग स्पष्टीकरण लिनुपर्ने र तत्काल समस्या समाधानका लागि प्रभावकारी कदम चाल्नुपर्ने मागसमेत गरिन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय