spot_img

प्रदेशमा शक्ति सन्तुलनका आधारमा मन्त्रालय बाँडफाँट गर्ने ओली–प्रचण्डको निर्देशन

spot_img
spot_img

काठमाडौं,२६ साउन । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश सरकार गठन तथा मन्त्रालय बाँडफाँटसम्बन्धी तीनबुँदे सहमति कार्यान्वयन गर्न संयुक्त निर्देशन जारी गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गरेको निर्देशनअनुसार प्रदेशसभामा दलहरूले प्राप्त गरेको सिट संख्यालाई मन्त्रालय बाँडफाँटको मुख्य आधार बनाइने भएको छ। मुख्यमन्त्री र सभामुखको जिम्मेवारीलाई समेत समग्र राजनीतिक शक्ति सन्तुलनमा समेटिनेछ।

मन्त्रालय बाँडफाँटमा दुवै दलले पालैपालो प्राथमिकता पाउने व्यवस्था गरिएको छ। मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय छनोट गर्ने र त्यसपछि मुख्यमन्त्री रहने दलले अर्को मन्त्रालय रोज्ने सहमति भएको छ। यही क्रमअनुसार सबै मन्त्रालय बाँडफाँट गरिनेछ।

एमाले र नेकपाको सहकार्यबाट मात्र सरकार गठनका लागि आवश्यक बहुमत नपुग्ने प्रदेशमा तेस्रो दललाई सहभागी गराउँदा आपसी समझदारीका आधारमा मन्त्रालयको भागबन्डा गरिनेछ। त्यसपछि बाँकी मन्त्रालयमा पालैपालो छनोटको प्रक्रिया अपनाइने जनाइएको छ।

प्रदेश सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न दुवै दलले न्यूनतम साझा प्रतिबद्धता तयार गरी सार्वजनिक गर्ने भएका छन्। त्यसमा राजनीतिक स्थिरता, सुशासन, समृद्धि, प्रादेशिक विकास र संघीयताको प्रवर्द्धनलाई प्राथमिकता दिइनेछ।

दुवै दलले प्रदेश सरकार गठन, मन्त्रालय बाँडफाँट तथा सरकार सञ्चालनका क्रममा आपसी समझदारी र सहकार्यलाई थप बलियो बनाउने प्रतिबद्धता जनाएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय