spot_img

ललितपुरका अधिकांश क्षेत्रमा भोलि दुई घण्टा विद्युत् अवरुद्ध हुने

spot_img
spot_img

काठमाडौं,२८ साउन । पाटन सबस्टेशनको ६६ केभी बसबार मर्मतसम्भार गर्नुपर्ने भएकाले भोलि बिहान ललितपुरका अधिकांश क्षेत्रमा करिब दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार भदौ २९ गते बिहान ५ बजेदेखि ७ बजेसम्म पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति बन्द गरिनेछ। यसका कारण पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति भइरहेका ललितपुरका अधिकांश क्षेत्रमा सेवा प्रभावित हुनेछ।

प्राधिकरणले मर्मतसम्भारको काम निर्धारित समयभन्दा अगावै सम्पन्न भए विद्युत् आपूर्ति त्यसअघि नै नियमित गरिने जनाएको छ।

विद्युत् सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय