spot_img

भक्तपुरको सुकुमवासी होल्डिङ सेन्टरमा ५७ वर्षीय व्यक्ति मृत फेला

spot_img
spot_img

काठमाडौँ,२८ साउन । भक्तपुरको बोडेस्थित सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता दीपककुमार कार्कीका अनुसार मृत फेला पर्नेमा ५७ वर्षीय हिरालाल पासवान रहेका छन्।

पासवान आफू बस्दै आएको कोठाको पंखामा सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरीले मुचुल्का उठाउने काम गरिरहेको छ। शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

पासवान यसअघि काठमाडौंको थापाथलीस्थित सुकुमवासी बस्तीमा बस्दै आएका थिए। सरकारले बस्तीका टहरा हटाएपछि उनी केही समयदेखि बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय