spot_img

जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री वाग्ले

spot_img
spot_img

काठमाडाैं,२८ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमित स्रोतसाधनका बाबजुद जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा बुधबार मतदातासँगको भेटघाटका क्रममा उनले जनताका अपेक्षा धेरै भए पनि बजेटको सीमा र उपलब्ध स्रोतसाधनअनुसार सरकारले प्राथमिकताका आधारमा आवश्यकता सम्बोधन गरिरहेको बताए।

वाग्लेले खानेपानी, सडक, विद्यालय, स्वास्थ्यचौकी, तटबन्धन तथा खेलमैदानजस्ता आधारभूत पूर्वाधार निर्माणका माग विभिन्न बस्तीबाट आउने गरेको उल्लेख गर्दै सरकारले सक्दो सम्बोधनका लागि पहल गरिरहेको बताए।

उनले तनहुँको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउँदै बजेट विनियोजनमा न्यायोचित वितरणका लागि पहल गरिएको जानकारी दिए। तनहुँका जनताले आफूलाई दुईपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराएको स्मरण गर्दै वाग्लेले जिल्लावासीले लगाएको गुन आफूले कहिल्यै नबिर्सने बताए।

दुम्सीका स्थानीयवासीले करिब ५०० घरधुरी खानेपानीको समस्यामा रहेको जानकारी गराएपछि वाग्लेले सम्बन्धित मन्त्रालयसँग छलफल गरी खानेपानी तथा तटबन्धनको काम अघि बढाउन पहल गर्ने प्रतिबद्धता जनाए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय