spot_img

ग्यासको कृत्रिम अभाव अन्त्य गर्न राष्ट्रियसभा सदस्यहरूको सरकारसँग आग्रह

spot_img
spot_img

काठमाडौँ,२८ साउन । राष्ट्रियसभा सदस्यहरूले खाना पकाउने एलपी ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउँदै कृत्रिम अभाव र कालोबजारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग गरेका छन्।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकको शून्य समयमा बोल्दै सदस्य विष्णुदेवी पुडासैनीले ग्यासको अभावका कारण नागरिकले खाना पकाउनसमेत समस्या भोग्नुपरेको भन्दै तत्काल समस्या समाधान गर्न सरकारसँग आग्रह गरिन्।

सदस्य कृष्णप्रसाद अधिकारीले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको भन्दै कालोबजारी नियन्त्रणका लागि प्रभावकारी अनुगमन र कडाइ गर्न सरकारको ध्यानाकर्षण गराए।

बैठकमा अन्य समसामयिक विषयसमेत उठाइएको थियो। सदस्य घनश्याम रिजालले पक्राउ परेका वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरे।

सदस्य पदमबहादुर परियारले तनहुँ हाइड्रो निर्माणका क्रममा सेती नदीको बहाव परिवर्तन हुँदा समस्या उत्पन्न भएको भन्दै त्यसको समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।

यसैगरी सदस्य रुक्मिणी कोइरालाले पाकिस्तानमा हिमाल आरोहणका क्रममा निर्मल पुर्जासहित ६ नेपाली तथा अन्य तीन जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरिन्।

सदस्य रेनु चन्दले कञ्चनपुरका आरक्षपीडितको समस्या तीन दर्जनभन्दा बढी आयोग गठन भए पनि समाधान हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। सदस्य विष्णुकुमारी सापकोटाले काठमाडौं उपत्यकामा घर तथा कोठा भाडालाई व्यवस्थित गर्न भाडा नीति बनाएर दर निर्धारण गर्न माग गरिन्।

त्यस्तै, सदस्य विष्णुबहादुर विश्वकर्माले कालिकोटको नरहरिनाथ गाउँपालिकाका स्थानीयवासीलाई बुधबार गरिएको धरपकडप्रति आपत्ति जनाउँदै घटनाबारे सरकारको ध्यानाकर्षण गराए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय