spot_img

देउवा नै कांग्रेसका सभापति हुन् : शशांक कोइराला

spot_img
spot_img

काठमाडौं,२८ साउन । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गरेका छन्।

देउवा उपचारपछि स्वदेश फर्किने क्रममा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुगेका कोइरालाले सभापतिको जिम्मेवारीका विषयमा कुनै कानुनी अवरोध वा ‘स्टे अर्डर’ नरहेको बताए।

उनले देउवाकै नेतृत्वमा पार्टीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिँदै कांग्रेसभित्र देखिएको विभाजन अन्त्य गरी सबै पक्षलाई एकताबद्ध गर्नुपर्ने बताए।

कोइरालाले कांग्रेसबाट बाहिरिएको पक्षलाई समेत पुनः मूलधारमा ल्याउने प्रयास जारी राख्नुपर्ने उल्लेख गरे। पार्टीभित्रका असन्तुष्टि संवादमार्फत समाधान गर्दै अन्ततः सबै पक्ष एक ठाउँमा आउनुको विकल्प नरहेको उनको भनाइ थियो।

उनले कांग्रेसको एकता र संगठन सुदृढीकरणका लागि आफूहरूले निरन्तर पहल गर्ने पनि बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय