spot_img

वीर अस्पतालको निर्देशकको जिम्मेवारी डा. विकास नेपाललाई

spot_img
spot_img

काठमाडौं,२८ साउन । वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त भएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपतिको सिफारिसमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले डा. नेपाललाई वीर अस्पतालको निर्देशक नियुक्त गरेकी हुन्।

११औँ तहका डा. नेपाल ग्यास्ट्रो सर्जन हुन्। अस्पतालको सहायक निर्देशकमा भने डा. अपार लामिछाने र अनिता बिसी नियुक्त भएका छन्।

यसअघि सरकारले डा. प्रभा कोइरालालाई वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी दिएको थियो। नवनियुक्त निर्देशक डा. नेपालले बुधबारदेखि नै पदभार ग्रहण गरेका छन्।

पदभार सम्हाल्दै डा. नेपालले वीर अस्पतालका समस्या र चुनौतीबारे आफू लामो समयदेखि जानकार रहेको बताए। उनले गरिब तथा विपन्न नागरिकको उपचारको प्रमुख भरोसाको केन्द्रका रूपमा रहेको वीर अस्पतालको स्वास्थ्य सेवा सुधारलाई आफ्नो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय