spot_img

देउवाकै नेतृत्वमा कांग्रेसमा बृहत्तर एकता हुन्छ : महत

spot_img
spot_img

काठमाडौं,२८ साउन  । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सभापति शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीभित्र बृहत्तर एकता कायम हुने बताएका छन्।

बिहीबार देउवालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका महतले सञ्चारकर्मीसँग कुरा गर्दै देउवाको नेतृत्वमा कांग्रेसलाई थप एकताबद्ध बनाउने विश्वास व्यक्त गरे।

महतका अनुसार देउवालाई स्वागत गर्न देशभरबाट पार्टीका शुभेच्छुक तथा समर्थकहरू स्वस्फूर्त रूपमा विमानस्थल पुगेका थिए। पार्टीका केही नेताहरू भने तत्काल उपस्थित हुन नसके पनि आगामी केही दिनमा उनीहरू पनि देउवासँग भेटघाटका लागि आउने उनले बताए।

देउवालाई स्वागत गर्न कांग्रेसका नेता पूर्णबहादुर खड्का, डा. शशांक कोइराला, विमलेन्द्र निधिलगायत संस्थापनइतर समूहका नेताहरू पनि विमानस्थल पुगेका थिए।

पछिल्लो समय कांग्रेसभित्र देखिएको आन्तरिक मतभेदका बीच शीर्ष नेताहरूको भेटघाट र सहकार्यलाई पार्टी एकताको प्रयासका रूपमा हेरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय