spot_img

कुवेत पठाइदिने भन्दै ६ लाखभन्दा बढी ठगी गर्ने महरा पक्राउ

spot_img
spot_img

काठमाडौं,२८ साउन । वैदेशिक रोजगारीका लागि कुवेत पठाइदिने भन्दै ६ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषा घर भई हाल काठमाडौंको सिनामंगलमा बस्दै आएका ४१ वर्षीय राजकुमार महरा रहेका छन्।

प्रहरीका अनुसार महराले कुवेत पठाइदिने भन्दै एक व्यक्तिबाट ६ लाख १४ हजार २५० रुपैयाँ लिएका थिए। रकम लिएपछि लामो समयसम्म विदेश नपठाई पीडितलाई झुक्याएको र पछि सम्पर्कविहीन भएको भन्दै पीडितले प्रहरीमा उजुरी दिएका थिए।

उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले महरालाई पक्राउ गरेको हो।

पक्राउ परेका महरालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय