spot_img

जीतपुरमा साइकल पसलअगाडि दुई समूहबीच कुटाकुट, दुई घाइते

spot_img
spot_img

बारा,२९ साउन । सामान्य विषयमा सुरु भएको विवाद उग्र बन्दा बाराको जीतपुरमा दुई समूहका युवाबीच कुटाकुट भएको छ। जीतपुरस्थित टेडा रोडमा साइकल पसलअगाडि मंगलबार भएको झडपमा पसल सञ्चालक पक्षका दुई जना घाइते भएका छन् भने प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

प्रत्यक्षदर्शीका अनुसार साइकल पसलनजिकै एक युवकले पिसाब गर्न खोजेपछि विवाद सुरु भएको थियो। पसल सञ्चालक ओमप्रकाश सराफले पसल वरपर पिसाब नगर्न आग्रह गरेपछि युवकसँग भनाभन भएको र केहीबेरमै विवाद हात हालाहालमा परिणत भएको बताइएको छ।

त्यसपछि ती युवकको समूह घटनास्थलमा आएपछि पसल सञ्चालक पक्षसँग झडप भएको स्थानीयले बताएका छन्। दुवै पक्षबीच कुटाकुट हुन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय जीतपुरबाट वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुवै पक्षलाई छुट्याएर स्थिति नियन्त्रणमा लिएको जनाएको छ।

झडपपछि प्रहरीले युवकको पक्षबाट तीन जनालाई नियन्त्रणमा लिएको छ। घटनामा घाइते भएका पसल सञ्चालक पक्षका दुई जनाको वीरगञ्जस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइतेको टाउको, ओठलगायत शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र झडपमा संलग्न व्यक्तिहरूको भूमिकाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय