spot_img

प्रसाईंसँग छुट्टिएपछि धवलशमशेरले थाले ‘जय नेपाल पार्टी’ दर्ता प्रक्रिया

spot_img
spot_img

काठमाडौं,२९ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर राणा नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् ।

मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंसँग शक्ति बाँडफाँटलगायतका विषयमा सहमति हुन नसकेपछि राणा प्रसाईंबाट अलग भएका हुन् ।

राप्रपा छाडेर प्रसाईंसँग सहकार्य गर्दै नयाँ राजनीतिक अभियान अघि बढाउने तयारीमा रहेका राणा पछिल्लो समय उनीसँगको मतभेदपछि छुट्टै राजनीतिक समूह निर्माण गर्ने निष्कर्षमा पुगेका हुन् ।

राणाले आफ्ना समर्थकहरूसहित निर्वाचन आयोग पुगेर ‘जय नेपाल पार्टी’ दर्ता गर्ने प्रक्रिया अघि बढाएका छन् । प्रसाईंसँगको सहकार्य टुंगिएपछि राणाले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक शक्ति निर्माण गर्ने तयारी थालेका हुन् ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय